२०८३ बैशाख १९ गते , शनिबार

राहत सामाग्रीसहित चिनियाँ सेनाको दुई जहाज पोखरामा

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २२ गते , बुधबार
राहत सामाग्रीसहित चिनियाँ सेनाको दुई जहाज पोखरामा

बिर्तामोड । भूकम्प पीडितको  लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ । आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन् । 
यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले लैजाने भएको छ । चिनियाँ राजदूत छन सोङले आज उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हस्तान्तरण गर्नेछन् । 
चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ । 

सम्बन्धित समाचार