२०८३ बैशाख १९ गते , शनिबार

भूकम्पमा परि ६३ जनाको मृत्यु, प्रधानमन्त्री प्रचण्ड आफैँ प्रभावित क्षेत्र जाने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १८ गते , शनिबार
भूकम्पमा परि ६३ जनाको मृत्यु, प्रधानमन्त्री प्रचण्ड आफैँ प्रभावित क्षेत्र जाने

बिर्तामोड गएराति जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर दशमलब म्याग्निच्युडको भूकम्प गएको ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि जाजरकोटमा २७ जना रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको

भूकम्पमा परि जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख रिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको उनको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको हो

प्रधानमन्त्री प्रचण्ड आफैँ प्रभावित क्षेत्रमा जाने

खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उनले बताए ।

घाइतेहरुको उद्धार राहतका लागि खटिन प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले निर्देशन दिएका छन प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्ति गर्दै तत्काल उद्धार राहतका लागि खटिन निर्देशन दिएका हुन् घाइतेहरुको उद्धारका लागि हेलिकेप्टर स्वास्थ्यकर्मी पठाउने सरकारले तयारी गरिरहेकोछ

सम्बन्धित समाचार