२०८३ बैशाख १९ गते , शनिबार

चिमरियाले जन्मोत्सवमा शहिद परिवारलाई दिए गाई र नगद सहयोग

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १७ गते , शुक्रबार
चिमरियाले जन्मोत्सवमा शहिद परिवारलाई दिए गाई र नगद सहयोग

बिर्तामोड नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्षसमेत रहेका समाजसेवी राजन चिमरियाले आफ्नो जन्मोत्सवको अवसरमा शहिद परिवारलाई गाई नगद सहयोग गरेका छन्

चिमरियाले ५०औँ जन्मोत्सवको अवसरमा मेचीनगर नगरपालिका वडा नम्बर १३ मा बसोबास गर्दै आएको शहिद प्रेम उप्रेतीको परिवारलाई ६५ हजार रुपैयाँ बराबरको उन्नत जातको गाई शहिद उप्रेतीका पिता गंगा उप्रेती बिरामी रहेकाले औषधिका लागि नगद हजार एकसय रुपैयाँ सहयोग गरेका हुन् शहिद प्रेम उप्रेतीको २०५८ सालमा तेह«थुमको बगाले घटनामा मृत्यु भएको थियो

नेपाल डेरी एसोसिएशनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा  रितिका डेरी उद्योगका सञ्चालकसमेत रहेका चिमरियाले शहिद परिवारलाई कृषि उत्पादनमा जोड्ने उदेश्यले जन्मोत्सवमा गाई प्रदान गरेको बताए सोही कार्यक्रममा आफ्नो उद्योगबाट उत्पाददित सामाग्रीसमेत शहिद प्रेमका पिता गंगा आमा लक्षिमादेवी उप्रेतीलाई प्रदान गरेका थिए

त्यस्तै जन्मोत्सवकै अवसरमा चिमरियाले मेचीनगर१० मा गत कार्तिक १० गते दुर्घटनामा परेर मृत्यु भएको नरेश राजवंशीको परिवारलाई समेत आर्थिक सहयोग गरेका छन् मृतक नरेशकी छोरी नाइसा राजवंशीको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले बालिक संरक्षित कोषका लागि ५१ हजार काजक्रिया खर्चबापत हजार एकसय रुपैयाँ चिमरियाले आर्थिक सहयोग गरेका हुन् उनले संरक्षित कोषको लागि ५१ हजार रुपैयाँको चेक नगद हजार एकसय रुपैयाँ नरेशकी श्रीमती बिमला छोरी नाइसा राजवंशीसहित परिवारलाई प्रदान गरेका छन् चिमरियाले त्यहाँ पनि उद्योगबाट उत्पादित दुग्ध सामाग्रीसमेत प्रदान गरेका छन्

चिमरियाले प्रत्येक बर्ष आफ्नो जन्मोत्सव बैवाहिक बर्षगाँठका अवसर पारेर फरकफरक बिषयमा केन्द्रित रहेर सामाजिक कार्य गर्दै आएका छन् उनले ३० बर्षको उमेरदेखि प्रत्येक बर्ष जन्मोत्सव बैवाहिक बर्षगाठमा कृषक, बिपन्न, प्रकोप पीडितलगायतलाई सहयोग गर्दै आएका छन् आउँदै गरेको बैशाख २७ गतेको बैवाहिक बर्षगाँठका लागि पनि नयाँ कार्य गर्ने चिमरियाले बताएका छन्

उक्त कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सल्लाहकार मुकुलचन्द्र राजवंशी (मोहनबा), पार्टीका मेचीनगर नगर सचिव ज्ञानेन्द्र घिमिरे, झापा जिल्ला सदस्य खगेन्द्र सिग्देल, पार्टीका मेचीनगर १२ का अध्यक्ष पदम सुनुवार, मेचीनगर१३ का अध्यक्ष पुरुषोत्तम सिग्देललगायतको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार