२०८३ बैशाख १९ गते , शनिबार

एभोकाडोको घाँस पशुपन्छीलाई खुवाउन नहुने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १५ गते , बुधबार
एभोकाडोको घाँस पशुपन्छीलाई खुवाउन नहुने

बिर्तामोड एभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक हुने पाइएको पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलमा प्रकाशित अध्ययन प्रतिवेदनमा एभोकाडोको पात, फल, बीउ बोक्रामा पर्सिन नामको हानिकारक पदार्थ हुने त्यसले पशुहरुलाई हानि र्पुयाउने भन्दै पशुहरुलाई नदिन भनिएको

पातमा सबैभन्दा बढी विषालु पदार्थ पाइन्छ पर्सिनले गाईभैँसी, बाख्रा, घोडा, खरायो, कुकुर लगायतका पशु चराहरुलाई पनि असर गर्ने प्रतिवेदनमा उल्लेख एभोकाडोको घाँस खाँदा स्तनधारी जनावरहरुको स्तनग्रन्थीमा समस्या ल्याउनुको साथै कतिपयमा बाँझोपन देखिन्छ यस्तै पशुहरुमा बान्ता पखाला पनि लाग्न सक्छ

एभोकाडोमा पाइने पर्सिनका कारण समस्या भएपछि उपचारको लागि अहिलेसम्म कुनै व्यवस्था नरहेकोले लक्षणका आधारमा उपचार गर्नुपर्ने हुन्छ अध्ययन प्रतिवेदनमा पशुहरुलाई एभोकाडोको घाँस तथा फल खुवाउँदा पशुहरुबाट हुने उत्पादन घट्नुको साथै पशु मर्ने सम्म सम्भावना रहेकोले घाास नखुवाउनु नै उपयुक्त हुने पनि प्रतिवेदनमा भनिएको नेपालका ग्रामिण भेगमा समेत एभोकाडो रोप्ने क्रम बढ्दै गएको एभोकाडोको घाँस बाख्रा लगायत पशु चौपायले मन पराउने किसानहरु बताउँछन्

सम्बन्धित समाचार