२०८३ बैशाख १९ गते , शनिबार

सरकारी गाडीमा नक्कली नम्बर प्लेट राखेर सरर

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १४ गते , मंगलबार
सरकारी गाडीमा नक्कली नम्बर प्लेट राखेर सरर

बिर्तामोड । सरकारी गाडीमा नक्कली नम्बर प्लेट राखेर कर्मचारीले कुदाउने गरेको पाइएको छ । कनकाई नगरपालिकाको नाममा रहेको सरकारी मोटरसाइकलमा नक्कली नम्बर प्लेट राखेर कार्यालयका कर्मचारीले प्रयोग गर्ने गरेको खुलेको हो ।

कनकाई नगरपालिकाको नाममा २०७५ साल जेठ २७ गते नामसारी भएको मे १ ब ५९७ नम्बरको १२५ सीसीको टीभीएस कम्पनीको मोटरसाइकलमा रातो प्लेटमा मे १० प ३८८५ नम्बर राखेर प्रयोग गर्ने गरेको पाइएको हो । स्रोतका अनुसार उक्त मोटरसाइकल कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले प्रयोग गर्दै आएका छन् । उक्त मोटरसाइकल पाथिभरा अटो लि. को नाममा दर्ता कायम हुँदा मे १ प ३८८५ नम्बर कायम रहेको र नगरपालिकाको नाममा नामसारी भएपश्चात सरकारी नम्बर कायम गरिएको यातायात व्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ । पुरानो नम्बर खारेज भइ नयाँ नम्बर कायम भइसकेपछि पुरानै नम्बर प्रयोग गरिनु गैर कानुनी हुने यातायात व्यवस्था कार्यालय बिर्तामोडका निमित्त कार्यालय प्रमुख पदम कट्टेलले जानकारी दिए । ‘नयाँ नम्बर कायम भइसकेपछि पुरानो नम्बर राख्नु भनेको नक्कली नम्बर प्रयोग गर्नु जस्तै हो,’ उनले भने, ‘त्यसो गर्नु कानुनी कार्य मानिँदैन । उच्च पदस्थ कर्मचारीहरुको हकमा कार्यालयले निर्णय गरेर पठाए निजी नम्बर प्लेट कायम गर्न सकिने उनले बताए ।

एउटै गाडीमा दुई वटा नम्बर राखेर चलाउन नपाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार