२०८३ बैशाख १९ गते , शनिबार

धिमाल मोर्चाको अध्यक्षमा तारिलाल, महासचिवमा प्रकाश धिमाल

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १३ गते , सोमबार
धिमाल मोर्चाको अध्यक्षमा तारिलाल, महासचिवमा प्रकाश धिमाल

विराटनगर नेकपा -माओवादी केन्द्र_ सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको

उर्लाबारी स्थित धिमाल जातीय विकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कविराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र धिमल, शान्तिदेवि धिमाल, गंगाराज धिमाल, रत्निमाया धिमाल महासचिवमा प्रकाश धिमाल सर्वसम्मत चयन भएका छन्

त्यसैगरी सचिवमा अनिल धिमाल, कोषाध्यक्षमा गणेश धिमाल, सदस्यहरुमा भगतराम धिमाल, हरिलाल धिमाल, दिलबहादुर धिमाल, टिकाराम धिमाल, विनोद धिमाल, सन्तोष धिमाल, वृषजङ्ग धिमाल, हरि धिमाल, दिनेश धिमाल, आशबहादुर धिमाल कुमारी धिमाल चयन भएका छन्

भेलाबाट सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश धिमालको साथै नगेन्द्र धिमाल, भिष्म धिमाल, सूर्यबहादुर धिमाल, रवनबहादुर धिमाल चयन भएका छन्

भेलामा बोल्दै संविधानसभा सदस्यसमेत रहेका माओवादीका केन्द्रीय अनुशासन आयोगको सदस्य नगेन्द्र धिमालले गणतन्त्र, संघीयताको रक्षा विकासको लागि धिमाल समुदाय सक्रिय हुनुपर्ने बताए

धिमाल मोर्चा किराँती राष्ट्रिय मोर्चामा रहँदा सो संगठनको उपाध्यक्ष रहेको सम्झाउँदै उनले धिमालहरु किराँती भएको बताए धिमाल मोर्चाको पूर्व अध्यक्षसमेत रहेका धिमालले खस, आर्य समुदायको विद्धानहरुले समेत किरात एउटा जाति नभएर सभ्यता, इतिहास, भूगोल भएको स्वीकार गरेको बताए उनले परिस्थितिले किरात, धिमाल लिम्बू मोर्चा फरक फरक भएपनि आफूहरु किराती नै भएको बताएका हुन्

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कोचिला मुक्ति मोर्चाको अध्यक्ष ममता ताजपुरिया, पार्टी प्रदेश समिति सचिवालय सदस्य समेत रहेका आदिवासी÷जनजाति संयुक्त मोर्चा प्रदेश अध्यक्ष प्रेम मिभक, किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन जम्नेली राई, आदिबासी÷जनजाति संयुक्त मोर्चा केन्द्रीय सचिवालय सदस्य खगेन्द्र धिमाल कराते महासंघ मोरङका उपाध्यक्ष ईन्द्र लामालगायतले शुभकामना मन्तब्य दिएका थिए

सम्बन्धित समाचार