२०८३ बैशाख १९ गते , शनिबार

दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ११ गते , शनिबार
दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बिर्तामोड । झापाको गौरीगञ्ज-५ पेट्रोल पम्पनजिकै भित्री सडकमा हिजो बेलुका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बेलुका करिब ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को २८प ३०८६ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा ६३६४ नम्बरको मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका ३ बस्ने ६० वर्षीय कैलाप्रसाद ताजपुरियाको मृत्यु भएको हो ।
दुर्घटनालगत्तै ६३६४ नम्बरको मोटरसाइकल चालक कैलाप्रसाद ताजपुरिया र अर्का मोटरसाइकल चालक रतुवामाई नगरपालिका वडा नं ६ बस्ने २५ वर्षीय तुलसीप्रसाद ताजपुरियालाई उपचारका लागि दमकको निम्स हस्पिटल लगिएको थियो । कैलाप्रसादलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
अर्का घाइते तुलसीप्रसादको उपचार भइरहेको र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सम्बन्धित समाचार