आज कोजाग्रत पूर्णिमा महालक्ष्मीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर रातभरि जाग्राम बसेर औपचारिक रूपमा बडा दशैँको समापन भएको मानिन्छ । यसरी बडा दशैँको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीपको कार्य प्रारम्भ हुन्छ ।
सम्पन्नताकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमण गर्छिन् । भ्रमणमा रातभरि मानिस जागै बसेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।
कोजाग्रत पूर्णिमाको पूजा गर्ने तरिका थोरै फरक छ । अरू पूर्णिमाको पूजा गर्ने चक्रमा उल्लेख भए अनुसार १०८ कोठामा चन्द्रमाको पूजा गरिन्छ । कोजाग्रत पूर्णिमामा त्यो चक्रमा उल्लिखित चन्द्रमासहित लक्ष्मीनारायण, महालक्ष्मी र आठवटा आकाशदीपको समेत पूजा आराधना गरिन्छ । यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ ।
कहावत अनुसार सम्पन्नताकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमण गर्छिन् । भ्रमणमा रातभरि मानिस जागै बसेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस दिन राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने गर्र्छन् । माता महालक्ष्मी दुर्गाका महाकाली, महालक्ष्मी र महासरस्वतीका तीन रूपमध्येको एक रूप हो ।
कोजाग्रत पूर्र्णिमाका दिन राष्ट्र प्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजा अर्चना गरी त्यस वर्षको बडादशैँको समापन भएको र आकाशदीप तथा कार्तिक महात्म्य सुरु भएको जनाउ दिने प्रचलन छ । यसका साथै यसै दिन स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।