२०८३ बैशाख १९ गते , शनिबार

स्कुटर अनियन्त्रित भई खस्दा श्रीमान घाइते श्रीमतीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ९ गते , विहीबार
स्कुटर अनियन्त्रित भई खस्दा श्रीमान घाइते श्रीमतीको मृत्यु

काठमाण्डौ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको भने श्रीमान घाइते भएका छन्

काठमाण्डौबाट हेटौंडा जाँदै गरेको ०२०२७ ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो

उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको

उनीहरु सवार स्कुटर काठमाडौंकुलेखानीहेटौंडा सडकखण्डअन्तर्गत जुरिखेतको ओरालोमा अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो

सम्बन्धित समाचार