२०८३ बैशाख १९ गते , शनिबार

सोलुखुम्बुमा भएको मनाङ एयर दुर्घटनाका घाइते क्याप्टेनको निधन

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ८ गते , बुधबार
सोलुखुम्बुमा भएको मनाङ एयर दुर्घटनाका घाइते क्याप्टेनको निधन

बिर्तामोड । गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनाग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा परी गम्भिर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बाराहीस्थित ह्याम्स अस्पताल ल्याइएको थियो ।
परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिएकोमा त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्‍डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले क्याप्टेन सेढाइँको निधन प्रति गहिरो दु:ख समेत व्यक्त गरेको छ ।
यसअघि मुम्बईस्थित सोही सेन्टरमा सांसद चन्द्र भण्डारीको समेत उपचार भएको थियो । ह्याम्स अस्पतालमा उपचारको क्रममा सेढाईंको मुख र हात खुट्टालगायतका भागमा ४५ देखि ५० प्रतिशत जलेको देखिएको बताएको थियो । त्यस्तै फोक्सो र मेरुदण्ड तथा किड्नीमा पनि समस्या भएको अस्पतालको दाबी थियो ।
शनिबार लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९ एन-एएनजे कलसाइनको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, तीन महिनाको अन्तरालमा दुइटा हेलिकोप्टर दुर्घटना बेहोरेको मनाङलाई प्राधिकरणले ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै उसको इजाजतपत्र (अपरेटर सर्टिफिकेट) निलम्बन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार