२०८३ बैशाख १९ गते , शनिबार

कटुवा पेस्तोलसहित १६ बर्षीया किशोरी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ८ गते , बुधबार
कटुवा पेस्तोलसहित १६ बर्षीया किशोरी पक्राउ

बिर्तामोड सशस्त्र प्रहरीले पेस्तोलसहित एक किशोरीलाई जनकपुरमा पक्राउ गरेको प्रहरीले भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं. बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनीलाई पक्राउ गरेको हो

उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पौने बजे प्रहरीले पक्राउ गरेको हो

रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको

उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभजी सिम एक थान चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको

उनलाई नियन्त्रणमा लिई रेल्वे सुरक्षा बेस जनकपुरधाममा राखिएको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार