२०८३ बैशाख १९ गते , शनिबार

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज, ८ गते नेपाल फर्कने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ६ गते , सोमबार
उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज, ८ गते नेपाल फर्कने

एजेन्सी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज भएका छन् दिन अस्पतालको बसाईपछि श्रेष्ठ डिस्चार्ज भएका हुन् चीन भ्रमणमा रहेका बेला हृदयाघात भएपछि उनी अस्पताल भर्ना भएका थिए

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ आइपुगेका छातीमा दुखाइ भएपछि श्रेष्ठ उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए अस्पताल पुगेलगतै उनको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो जाँचका क्रममा मुटुको बायाँ धमनी बन्द भएको देखिएपछिस्टेन्ट राखिएको अस्पतालले जनाएको थियो

डिस्चार्ज भएपछि श्रेष्ठले उपचारमा संलग्न पेकिङ युनियन मेडिकल कलेज अस्पतालका प्रोफेसर झाङ सुयाङलगायत सम्पुर्ण हस्पिटल परिवार बेइजिङस्थित नेपाली  राजदुतावास परिवारलाई आभारसहित धन्यवाद व्यक्त गरेका छन् त्यस्तै स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता शुभेक्षा राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् श्रेष्ठ कार्तिक गते बिहान स्वदेश फर्कने छन्

सम्बन्धित समाचार