२०८३ बैशाख १९ गते , शनिबार

इजरायलमा मृत्यु भएका चार जनाको शव धनगढी लगियो

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ५ गते , आईतबार
इजरायलमा मृत्यु भएका चार जनाको शव धनगढी लगियो

बिर्तामोड इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये काठमाडौं ल्याएका चार जनाको शव धनगढी लगिएको

नेपाली सेनाको स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थल लगिएको नेपाली सेनाले जनाएको

दार्चुला मालिकार्जन का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम का दीपेशराज विष्ट, कैलाली घोडाघोडी का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ का आशिष चौधरीको शव नेपाल आज बिहान काठमाण्डौ ल्याइएको थियो

काठमाण्डौ ल्याइएका चारवटै शवलाई अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो

उनीहरू शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो

परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरेका थिए

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार अन्य जना नेपालीको शव भने पहिचान गर्ने पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात

 

सम्बन्धित समाचार