२०८३ बैशाख १९ गते , शनिबार

छोटा हात्ती र स्कुटर ठोक्किँदा खुदुनाबारीमा २ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ४ गते , शनिबार
छोटा हात्ती र स्कुटर ठोक्किँदा खुदुनाबारीमा २ जनाको मृत्यु

बिर्तामोड अर्जुनधारा नगरपालिका स्थित खुदुनाबारी बजारनजिकै झेलेनीमा आज दिउँसो सवारी दुर्घटना हुँदा जनाको मृत्यु भएको

दिउँसो बजेतिर भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६८६३ नम्बरको मिनी ट्रक  -छोटा हात्ती_सँग विपरित दिशाबाट जाँदै गरेको मे ४४८५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार गाजाबारीकै अन्दाजी ३६ बर्षका रोशन मगर गम्भीर घाइते भएको उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा दिउँसो २ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको

छोटा हात्ती गाडीका चालक अर्जुनधारा कै २५ बर्षीय हेमबहादुर श्रेष्ठ दुवै सवारी साधनलाई अस्थाइ प्रहरी चौकी खुदुनाबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार