२०८३ बैशाख १९ गते , शनिबार

युवा संघका कार्यकर्ताद्वारा दुर्गा प्रसाईलाई अवरोध

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ४ गते , शनिबार
युवा संघका कार्यकर्ताद्वारा दुर्गा प्रसाईलाई अवरोध

बिर्तामोड बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले इलामको दानावारीमा गर्न लागेको कार्यक्रममा नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताहरुले अवरोध पुर्याएका छन्

युवा संघका कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्ने कार्यक्रम स्थगित गरेका छन् दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा दिनसम्म पुराण लगाएर आज फूलपातीका दिन प्रसाईले दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्न लागेका थिए दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरुले विहानैदेखि टायर बालेर अवरोध गरेका थिए उनीहरुले कुनै पनि हालतमा जान नदिने चेतावनी दिएपछि प्रसाईले बाध्य भएर कार्यक्रम स्थगित गरेका हुन् आफूले २५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिष्थापन गर्न खोज्दा एमालेले अवरोध गरेर राम्रो नगरेको प्रसाईले प्रतिक्रिया दिएका छन् उनले अब त्यस मन्दिरमा मूर्ति नराख्नेसमेत बताए

उनले सहयोगका लागि दुर्गा माताको दुईवटा मूर्ति निर्माण गरेका थिए एउटा इलामको दानावरी अर्को झापाको गौरादहका लागि उनले दशै पछाडि गौरादहमा दुर्गा माताको मूर्ति सहयोग गर्ने बताइएको काठमाडौमा प्रसाईलाई मोसो दलेपछि युवा संघसंग उत्पन्न भएको तीक्तता अर्जुनधारामा महेश बस्नेतको कार्यक्रममा गाडी तोडफोड भएपछि झन् बढेर गएको

सम्बन्धित समाचार