२०८३ बैशाख १९ गते , शनिबार

एनआरएनएको अध्यक्षमा बद्री केसी विजयी

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ३ गते , शुक्रबार
एनआरएनएको अध्यक्षमा बद्री केसी विजयी

काठमाण्डौ गैरआवासीय नेपाली संघ -एनआरएनए_ को अध्यक्ष पदमा डा= बद्री केसी विजयी भएका छन् बिहीबार भएको प्रत्यक्ष अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भए  

डा= केसीले १३७८ मत, शर्माले १२८१ मत श्रेष्ठले १२२५ मत प्राप्त गरे काठमाडौंस्थित होटल सोल्टीमा भएको ११औँ विश्व सम्मेलन सो क्रममा भएको निर्वाचनमा उपाध्यक्षमा डा= हेम राज शर्मा २२६५, रोविन शेरचन २१८०, रामशरण सिम्खडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी १९०० डा= विनोद श्रेष्ठ १५६० निर्वाचित भए  

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन् यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरि उपविजेता भए यस्तै उपमहासचिवमा सोम सापकोटा १७९० प्रविन गुरुङ २१५० विजयी भए । यस्तै सचिव पदमा भिम केसी कमल १६७३, डा= ज्ञानेन्द्र रेग्मी १७८२, मनोज कुमार श्रेष्ठ २०२४, डा= नवराज रोस्यारा १८५३, पारमणी पोखरेल (१६५१) स्वतन्त्र प्रताप शाह १६६६ विजयी भएका छन्

यस्तै महिला सचिवमा टिक गुरुङ, राधिका २३२० विजयी भइन् सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन् संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे

यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना २०१५, अभिमन्यू बस्नेत २०८१ तिलक प्रसाद गैरे २२३२ मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन्। उनीकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन्। यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्

सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।

सम्बन्धित समाचार