२०८३ बैशाख १९ गते , शनिबार

आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण शुरु

गैरआवासीय नेपालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने छन्

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ३० गते , मंगलबार
आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण शुरु

बिर्तामोड । सरकारले मंगलबारबाट गैरआवासीय नेपाल (एनआरएन)लाई नेपाली नागरिकता दिँदै छ। विश्व सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता वितरण शुरु गरेका हुन्।
गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता दिन लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दियो ।
अध्यक्ष आचार्यसँगै एनआरएनएका पदाधिकारीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने छ ।
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ ।
गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ । गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो ।
संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ ।
नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ अनुसार गैरआवासीय नेपालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने छन् ।
गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ। गैरआवासीय नेपाली नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । 
गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुवा, हजुरबुवा-हजुरआमा साविकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ। विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण पनि आवश्यक पर्ने छ ।

सम्बन्धित समाचार