२०८३ बैशाख १९ गते , शनिबार

दशैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाई हुने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २९ गते , सोमबार
दशैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाई हुने

काठमाण्डौ दशैँको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने भएको सर्वोच्च अदालतका अनुसार केही निश्चित सेवाका लागि दशैँ बिदामा पनि देशभरका अदालतहरू खुल्ने छन्  

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सर्वोच्चसहित देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि शनिवार दसैँको टिकाको दिन बाहेक बिहान ११ बजेदेखि दिउँसो बजेसम्म सुनुवाइ हुने बताए  

उनले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरूलाई बिहान १० बजे नै उपस्थित हुन भनिएको पनि बताए  

सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत सार्वजनिक गरेको उनले जानकारी दिए  

सम्बन्धित समाचार