२०८३ बैशाख १९ गते , शनिबार

‘इलाम–झापा मैत्री समाज अक्षयकोष’ शुभारम्भ, एकै दिन उठ्यो ४ लाख ३६ हजार

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २८ गते , आईतबार
‘इलाम–झापा मैत्री समाज अक्षयकोष’ शुभारम्भ, एकै दिन उठ्यो ४ लाख ३६ हजार

बिर्तामोड इलामझापा मैत्री समाजले अक्षयकोष निर्माण शुरु गरेको आइतबार बडा दशैँ, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका बिचइलामझापा मैत्री समाज अक्षयकोष शुभारम्भ गरिएको हो

सामाजिक गतिविधी सञ्चालनमा सहजता आउनुका साथै संस्थाको दीगोपनाका लागि कोष स्थापना गरिएको समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन् कोष शुभारम्भकै दिन लाख ३६ हजार रुपैँया संकलन भएको महासचिव दिनेश भट्टराईले जानकारी दिए

अक्षयकोषमा समाजकी अध्यक्ष तिलोत्तमा खत्री उहाँकी दिदी जानुका खत्री मित्तलले दिवंगत बुवाआमा रत्न बहादुर टंककुमारी खत्रीको स्मृतिमा एक लाख एक हजार एक सय रुपैया, व्यवसायी प्रदिप मित्तलले भाइ स्व. सुरेन्द्रको स्मृतिमा एक लाख एक हजार, प्रेमकुमार कमला गिरीले स्वर्गीय छोरा सरोज गिरीको स्मृतिमा एक लाख रुपैँया प्रदान गरेको उपाध्यक्ष नरेश कर्माचार्यले जानकारी दिए

त्यस्तै पवनकुमार विन्दलले ३१ हजार, तारा उप्रेती बिमलीले २५ हजार, सिता मगर न्यौपानेले ११ हजार एक सय पाँच, पवन अग्रवाल -पप्पु वंशल_ले १० हजार, भिष्म वैद्यले १० हजार, सुजता खत्रीले १० हजार, गोपाल कार्कीले १० हजार रुपैँया सहयोग गरेको बिर्तामोड नगर सचिव मिलन कोइरालाले जानकारी दिए विमलकुमार कर्माचार्यले हजार एक सय, डिल्ली नेपालले हजार, रामप्रसाद तिवारीले हजार एक सय पाँच, माङ्गेलाल अग्रवालले दुई हजार एक  सय रुपैँया कोषमा सहयोग गरेको बिर्तामोड नगर अध्यक्ष अञ्जु लामिछानेले जानकारी दिइन्

यता बिर्तामोडका समाजसेवी तथा शिक्षासेवी जयनारायण ढुंगाना अञ्जना ढुंगानाले कोषमा एक लाख ५१ हजार रुपैँया सहयोगको घोषणा गरेका छन् रोशन बोहोराले २५ हजार, युनिकम नेपालका अध्यक्षसमेत रहेका समाजका निवर्तमान कोषाध्यक्ष गजेन्द्र पौडेलले २१ हजार, इश्वरा श्रेष्ठले १० हजार एक सय, सुरेन्द्र नेपालले ११ हजार, राष्ट्रियसभा सदस्यसमेत रहेका गोपालकुमार बस्नेतले बार्षिक १० हजार, रबिन कार्कीले १० हजार, ढुंडीराज संगिता गिरीले हजार ५५५, हरिबहादुर बस्नेतले हजार एक सय  व्यवसायी नरेश श्रेष्ठले हजार एक सय रुपैँया सहयोग गर्ने घोषणा गरेको बिर्तामोड नगर कोषाध्यक्ष दुर्गा घिमिरेले जानकारी दिइन्

सहयोग प्रदान गर्नुहुने दाताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो त्यस्तै शुभकामना आदान प्रदान तथा अक्षयकोष घोषणा कार्यक्रमलाई प्रायोजन गर्ने एशियन फुटवेयरलाई समेत सम्मान गरिएको थियो एशियन फुटवेयरका अध्यक्ष छविलाल पौडेल प्रबन्ध निर्देशक मुना पौडेलले  ३० हजार रुपैँया प्रदान गरेका थिए

सोहि कार्यक्रमको अवसरमा इलामझापा मैत्री समाजको टी सर्टसमेत सार्वजनिक गरिएको थियो

मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष श्याम खड्गी, पूर्व महासचिव डम्बरबहादुर बस्नेत, निवर्तमान कोषाध्यक्ष गजेन्द्र पौडेल, इलाम युके समाजका गजेन कटुवाल, समाजसेवी जयनारायण ढुंगाना, भद्रपुर नगर अध्यक्ष नारायण खतिवडा लगायतले शुभकामना दिएका थिए कार्यक्रममा इलामझापा मैत्री समाज बुद्धशान्ति अध्यक्ष डिल्ली नेपाल, अर्जुनधारा नगर अध्यक्ष पर्शुराम खरेल, सल्लाहकार जितेन्द्र बस्नेतलगायत उपस्थित थिए बिर्तामोडको भद्रपुर रोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गायन तथा नृत्य प्रस्तुत गरिएको थियो

संस्थाका सचिव सागर रिजालले सञ्चालन गरेको कार्यक्रममा उपस्थितलाई बिर्तामोड नगर सचिव मिलन कोइरालाले स्वागत गरेका थिए भने समाजका सदस्य पुष्प खड्काले समाज यसका गतिविधी समेटिएको डिजिटल प्रस्तुती गरेका थिए

 

सम्बन्धित समाचार