२०८३ बैशाख १९ गते , शनिबार

आजदेखि नवरात्र आरम्भ, घर तथा शक्तिपीठहरुमा घटस्थापना गरिँदै

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २८ गते , आईतबार
आजदेखि नवरात्र आरम्भ, घर तथा शक्तिपीठहरुमा घटस्थापना गरिँदै

बिर्तामोड आजदेखि नवरात्र प्रारम्भ भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ

आश्विन शुक्ल प्रतिपदादेखि बडादशैं सुरु भएको मानिन्छ आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको

यस दिन चित्रा नक्षत्र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको बडा दशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ

बडादशैंको पहिलो दिन आज घरका पूजा कोठा दशैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक महासरस्वतीलाई विद्या बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा आराधना गर्ने गरिन्छ यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ

नौ दिन नौ दुर्गाको पूजा

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम दुर्गा पूजा दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ दशैं पर्वलाई असत्यमाथि सत्य आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ

वडादशैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ आगामी कात्तिक गते बिहान बजेर ३५ मिनेटमा फुलपातीको साइत रहेको समितिले जनाएको महाअष्टमी महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर, कोत शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ

विजयादशमीको साइत कात्तिक गते बिहान ११ बजेर मिनेटमा

नवरात्र भनेर समेत चिनिने दशैं नौ रात दश दिनको हुन्छ आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा फूल प्रसाद ग्रहण गर्ने गरिन्छ

कात्तिक गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर मिनेटको साइत उत्तम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद आशीर्वाद ग्रहण गरिन्छ पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ

सम्बन्धित समाचार