२०८३ बैशाख १९ गते , शनिबार

टिष्टामा बाढी आएपछि सम्पर्कविहिन इलामका पाँचै जना परिवारको सम्पर्कमा

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २७ गते , शनिबार
टिष्टामा बाढी आएपछि सम्पर्कविहिन इलामका पाँचै जना परिवारको सम्पर्कमा

इलाम मजदुरी गर्न भारतको सिक्किम गएर ११ दिनदेखि सम्पर्कविहीन भएका इलामका जना परिवारको सम्पर्कमा आएका छन्

इलाम नगरपालिका का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत छोरी वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका छन् यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्कीसानु पनि बेपत्ता थिए उनीहरू सबै सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए उनीहरू इलामस्थित घर आज आइपुग्ने सेनबहादुरकी श्रीमती टीका कार्कीले बताइन्

उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू सम्पर्कविहीन बनेका थिए

नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसकिएको टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरूको बाढीमा बेपत्ता भएको अनुमान गरिएको थियो

बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको त्यहाँका संचारमाध्यामहरूले जनाएका छन्

सम्बन्धित समाचार