२०८३ बैशाख १९ गते , शनिबार

झापामा एमाले र दुर्गा प्रसाईं समुहबिच टकराव

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २७ गते , शनिबार
झापामा एमाले र दुर्गा प्रसाईं समुहबिच टकराव

बिर्तामोड पछिल्लो समय झापामा एमाले कार्यकर्ता दुर्गा प्रसाईं समुहबिच टकराब बढेको काठमाण्डौको होटल येल्लो प्यागोडाबाट शुरु भएको तनाब शनिश्चरेको युवा संघको कार्यक्रमबाट उत्कर्षमा पुगेको हो

असोज २२ गते दुर्गा प्रसाइले आयोजना गरेको विशेष पत्रकार सम्मेलनपछि केही युवाहरुले प्रसाइलाई रंग पानी छ्यापेका थिए प्रसाइले नेपालका भ्रष्टहरु भन्दै केही मानिसहरुको फोटो सार्वजनिक गरेपछि युवाहरु आक्रोशित बनेका थिए आक्रोशित ती युवाहरुले प्रसाईलाई मोसो छर्किएपछि प्रसाईले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर हजुरबाका कार्यकर्ताहरुले दुव्र्यवहार गरेको भन्दै पैँचो तिर्ने बताएका थिए उनले एमाले अध्यक्ष केपी ओली एमालेकै अर्का नेता महेश बस्नेतप्रति आक्रोश पोखेका थिए

नेता बस्नेतले एक कार्यक्रममा बोल्दै युवाहरुले प्रसाईलाई ठेगान लगाएको अभिव्यक्ति दिएपछि उनीहरुबिच दुरी बढेको थियो बस्नेतले अभिव्यक्ति दिएको केहि दिनमा नै झापाको अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथी बनेर आएका बस्नेत एमाले कार्यकर्ताहरुको गाडी तोडफोड भएको थियो तोडफोड प्रसाई समूह पहिचानवादीहरुले बताइएको कार्यक्रम समापन भएपछि फर्कने क्रममा नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा अराजक दुर्गा प्रसाईका पाखण्डीहरुले कथित पहिचानवादीको आडमा पार्किङ्ग गरेर राखेको सर्वसाधारणको सहभागीहरुको गाडी तोड्फोड गरेर आफ्नो कायरता प्रदर्शन गरेको भन्दै त्यसको हिसाब किताब अवश्य हुने चेतावनी दिएका छन्

युवा संघका कार्यकर्ताहरुले दुर्गा प्रसाईको बीएण्डसी हस्पिटलअगाडि बिहीबार साँझ चर्का नारावाजीसहित कोणसभा गरेका थिए भने भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका कमेरोटारस्थित प्रसाईको घर घेराउ गरेका छन् साँझपख बीएण्डसी हस्पिटल अगाडि युवा संघका कार्यकर्ताहरुले कोणसभा गरेको प्रहरीले जनाएको युवा संघका कार्यकर्ताहरु आक्रामक बन्दा अप्रिय घटना हुनसक्ने खतरा देखिएको भक्तपुर जिल्ला कमिटीका केन्द्रीय सदस्य पुष्पराज श्रेष्ठको नेतृत्वमा करिब १०१५ जनाको समूहले प्रसाईको घर घेराउ गरेको हो

सम्बन्धित समाचार