२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडका पेट्रोल पम्पको अनुगमन

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २७ गते , शनिबार
बिर्तामोडका पेट्रोल पम्पको अनुगमन

बिर्तामोड बिर्तामोड नगरपालिकाले शुक्रबार नगर क्षेत्रभित्रको पेट्रोल पम्पहरुको अनुगमन गरेको उपभोक्ता हित संरक्षण समितिका संयोजकसमेत रहेका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा रहेको टोलीले बजार क्षेत्रमा रहेका पम्पहरुको अनुगमन गरेको हो  

अनुगमनका क्रममा अधिकांश पम्पहरुमा रहेका सार्वजनिक शौचालयहरु फोहोर पाइएको थियो सफा नगरिएको, पानीको व्यवस्थापन नभएको, पानी जमेको लगायतका समस्या रहेको पाईएको हो

नगरमा व्यवसाय नवीकरण नगरेको, मूल्यसूची सबैले देख्ने ठाउँमा नराखेको, मूल्य सूची परिवर्तन नगरेको, नागरिकले देख्नेगरि सार्वजनिक शौचालय लेखेको स्पष्ट वोर्ड नराखेको, अग्नी नियन्त्रक सामाग्रीको म्याद गुज्रिएको लगायतका समस्या पम्पहरुमा फेला परेको नगर उपप्रमुख संग्रौलाले बताए समस्या देखिएका पम्पहरुलाई दिन भित्र आवश्यक कागजपत्र सहित नगरपालिकामा हाजिर हुन निर्देशन दिएको उपप्रमुख संग्रौलाले बताए

अनुगमन टोलीले देखिएका समस्या समाधानका लागि सबै पम्प सन्चालकहरुलाई सुझाब दिएको वसपार्क देखि चारपानेसम्म रहेका पेट्रोल पम्पहरुको अनुगमन गरिएको थियो  

सम्बन्धित समाचार