सेफ्टी ट्यांकीमा डुबेका बालकको परिवारलाई हिमालयनले गर्यो मृत्यु दाबी भुक्तानी
बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । मृतक तान्छोक्पा हाङ्ग सुब्बाको परिवारलाई कम्पनीले मृत्यु दाबी भुक्तानी बापत ८ लाख १२ हजार ७ सात सय रुपैँया भुक्तानी गरेको हो ।
शुक्रबार कम्पनीले मृतकको मेचीनगर १० धुलाबारीस्थित मृतकको घरैमा आमा मेरिना लिम्बुलाई सो रकम भुक्तानी गरेको हो । साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा ४ बर्षअघि सात लाख रुपैँया बिमांकको बाल सावधिक जीबन बीमा गरेका सुब्बाको दुर्घटनामा परी मृत्यु भएको थियो । सुब्बा विद्यालय गएको समयमा विद्यालयको सेफ्टी ट्यांकीमा डुबेका थिए ।
कम्पनीको बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारी तथा मेचीनगर नगरपालिका वडा नं १० का वडा अध्यक्ष नारायण खनालले मृतककी आमा मेरिना लिम्बुलाई चेक हस्तान्तरण गरेका हुन् । कम्पनीबाट प्रदान गरिएको चेक हस्तान्तरण गर्दै वडा अध्यक्षले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने बताए । चेक ग्रहण गर्दै मृतककी आमाले सो रकमको सदुपयोग गर्ने बताइन् ।