२०८३ बैशाख १९ गते , शनिबार

इजरायलबाट २५४ विद्यार्थीको उद्धार, सरकारलाई दिए धन्यवाद

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २६ गते , शुक्रबार
इजरायलबाट २५४ विद्यार्थीको उद्धार, सरकारलाई दिए धन्यवाद

बिर्तामोड द्वन्द्वग्रस्त मुलुक इजरायलबाट उद्धार गरेर नेपालीहरुलाई स्वदेश ल्याइएको शुक्रवार बिहान करिब बजे उनीहरु काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वयं बिहीबार इजरायल पुगेका थिए   इजरायलका विभिन्न स्थानबाट उद्धार गरिएका २५४ नेपालीलाई लिएर  फर्किएको विमान शुक्रबार बिहान काठमाण्डौ अवतरण गरेको हो

निगमको आरए २२९२३५३ जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको टोलीले उढाएको थियो

विमानमा सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका  विद्यार्थीहरु छन्

नेपाल अवतरण गरेका उनीहरुले आतंकवादीहरु पब्जी गेममा जस्तै प्यारासुटमा झरेर अन्धाधुन्ध गोली प्रहार गरेको बताएका छन् वी आर नेपाली -हामी नेपाली हौँभन्दापनि आतंकवादीहरुले नछाडेको उनीहरुले बताए तीन दिन कष्टकर जीवन बिताएर नेपाल फर्किएका उनीहरुले नेपाल सरकारलाई धन्यवाद दिएका छन्

सम्बन्धित समाचार