२०८३ बैशाख १९ गते , शनिबार

सतक पुरानो पिपल बोट संरक्षणमा जुटे स्थानीय, घटस्थापनादेखि पुराण लगाइने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २६ गते , शुक्रबार
सतक पुरानो पिपल बोट संरक्षणमा जुटे स्थानीय, घटस्थापनादेखि पुराण लगाइने

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित एक सय बर्षभन्दा पुरानो पिपल बोट संरक्षणमा स्थानीयबासी एकजुट भएका छन् उनीहरुले श्री सिंहबाहिनी देवि पिपल बोट  संरक्षणका लागि श्रीमद् देवि भागवत नवाह ज्ञान महायज्ञ आयोजना गर्न लागेका हुन्

धार्मिक पुरातात्विक महत्व बोकेको उक्त देविस्थानको संरक्षण गर्ने, सामाजिक सद्भाव जागृत गर्दै सामुहिक रुपमा देविको पुजा आराधना गर्ने, कोषको स्थापना गरी देविस्थानको विकासमा खर्च गर्ने, उक्त स्थानको ऐतिहासिक तथा पुरातात्विक खोज गर्ने आदि लक्ष्य लिएर उक्त पुराण आयोजना गर्न लागिएको आयोजक समितिका सचिव उमा शिवाकोटीले जानकारी दिइन्

असोज २८ गते  घटस्थापनाका दिनदेखि शुरु हुने उक्त ज्ञानमहायज्ञ कात्तिक गतेसम्म सञ्चालन हुने पुराणस्थलमा विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो घटस्थापनाका दिन विहान १० बजेदेखि स्थानीय आदिवासीको भेषभुषा, बाजागाजा झल्कने पहिचानसहितको पहिरनमा, पञ्चेबाजासहित कलश यात्रा प्रारम्भ गरिने बिर्ताबजार हुँदै पश्चिमस्टेण्डबाट उत्तर गएर इलाका प्रहरी कार्यालयबाट फर्किएर कार्यक्रम उद्घाटन गरिने बताइएको कार्यक्रम प्रमुख अतिथी आचार्य श्री केदारनाथ खतिवडाले उद्घाटन गर्ने सचिव शिवाकोटीले जानकारी दिइन्

देविस्थान जग्गादाता पुष्पलाल चौधरीले महेन्द्ररत्न माविलाई दिएको विगाह कठ्ठा धुर क्षेत्रभित्र रहेको पुराना स्थानीयहरुका अनुसार उक्त देविस्थानमा बाघको बासस्थान रहेका कारण सिंहवाहिनी देवि नामाकरण हुन पुगेको भनाई स्थानीय हरी तिम्सिनाका अनुसार करिब दशक अघि उक्त देविस्थानमा देखिएको बाघको बच्चा मारेका कारण एउटा परिवार अत्यन्त कष्टमा परेर बसाई नै सर्नुपरेको थियो उक्त स्थानमा दिउँसै तर्साउने, बेलाबेला झलमल्ल प्रकाश छरेर नाग देवताहरु नाच्ने गरेको किंवदन्ती

सो स्थानमा दैवि शक्ति रहेको, त्यहाँ पुजा आराधना गर्दा मनोकांक्षा पुरा हुने गरेको समय समयमा नाग नागिनहरुको दर्शन हुने गरेको भनाई  

 

 

सम्बन्धित समाचार