२०८३ बैशाख १९ गते , शनिबार
पाँच सीडीओको सरुवा, इलाममा इन्द्रदेव यादव
बिर्तामोड । गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेको हो ।
जस अनुसार सर्लाहीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम पठाइएको छ भने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँके पठाइएको छ ।
त्यस्तै दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाही पठाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालय ल्याइएको छ । मन्त्रालयका सहसचिव टुवराज पोखरेललाई दोलखा पठाइएको छ ।