२०८३ बैशाख १९ गते , शनिबार

महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड, हिसाब किताब गरिने बस्नेतको चेतावनी

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २५ गते , विहीबार
महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड, हिसाब किताब गरिने बस्नेतको चेतावनी

बिर्तामोड । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । 
युवा संघको प्रथम नगर अधिवेशन कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो । 
बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो ।
तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको प्रहरीले जनाएको छ ।  तोडफोडमा संलग्न पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ता भएको बुझिएको छ । तोडफोडमा संलग्न एकजना पक्राउ पक्राउ परेको प्रहरीले जनाएको छ ।  यता महेश बस्नेतले अराजक दुर्गा प्रसाँईका पाखण्डीहरुले कथित पहिचानवादीको आडमा पार्किङ्ग गरिराखेको सर्वसाधारण र सहभागीहरुको गाडी तोड्फोड गरेर आफ्नो कायरता प्रदर्शन गरेको उल्लेख गरेकाछन । उनले सामाजिक संजाल फेसबुकमा लेख्दै यसको हिसाव किताब अबस्य हुने बताएका छन ।

सम्बन्धित समाचार