२०८३ बैशाख १९ गते , शनिबार

सोह्र जिल्ला न्यायाधीशको काज सरुवा, झापामा देवकुमार गिरी

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २५ गते , विहीबार
सोह्र जिल्ला न्यायाधीशको काज सरुवा, झापामा देवकुमार गिरी

बिर्तामोड प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार १६ जना जिल्ला न्यायाधीशको काज सरुवा गरेका छन् न्यायपरिषद्को बैठक बस्न समस्या भएपछि प्रधानन्यायाधीशले जिल्ला न्यायाधीशको काज सरुवा गराएका हुन्

जिल्ला अदालत झापामा देवकुमार गिरीलाई सरुवा गरिएको हाल उनी जिल्ला अदालत बाँकेमा कार्यरत छन् त्यस्तै झापामा कार्यरत ओमबहादुर सोडारीलाई जिल्ला अदालत मुस्ताङ सरुवा गरिएको

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार खाली भएका स्थान दरबन्दी धेरै भएको तर इजलास तयार नभएका अदालतबाट अन्य अदालतमा न्यायाधीशहरुको काज सरुवा भएको हो केही न्यायाधीशको भने अवधि पुगेको कारण काज सरुवा भएको हो   न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ अमेरिकामा रहेका कारण न्याय परिषद्को बैठक बस्न नसकेपछि प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला न्यायाधीशहरुको काज सरुवा गरेका हुन्

सरुवा भएका न्यायाधीशहरुमा न्याय परिषद् काजमा रहेका न्यायाधीश भुवनसिंह थापालाई रसुवा जिल्ला अदालतमा काज सरुवा गरिएको यसअघि बिरामी भई उपचारका लागि न्याय परिषद् काजमा बसेका थापालाई आगामी कात्तिक गतेबाट अवकाशमा जान लागेका न्यायाधीश रामच्रनद्र पौडेलको स्थानमा सरुवा गरिएको हो

त्यसैगरी प्रधानन्यायाधीश श्रेष्ठले चितवनका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई महोत्तरी, रौतहटका नवराज दाहाललाई कास्की, रुपन्देहीका कृष्णकुमारी शिवाकोटीलाई भक्तपुर सरुवा गरिएको

त्यस्तै नवलपरासीका रमेश शर्मा पौडेललाई सिन्धुली, भक्तपुरका तीर्थराज केसीलाई काठमाडौँ, धनुषाका भिष्मराज प्रसाईलाई बाँके, मुस्ताङका इश्वर पराजुलीलाई रुपन्देही ललितपुरका हरिकृष्ण श्रेष्ठलाई धनुषा जिल्ला अदालतका काज सरुवा गरिएको हो

अन्य न्यायाधीशहरुमा विश्वनाथ भट्टराईलाई पर्साबाट काभ्रेपलाञ्चोकमा, रोमनाथ अधिकारीलाई मोरङबाट कपिलवस्तु, रिताकुमारी बख्रेललाई काभ्रेबाट ललितपुर, रोमाकान्त ज्ञवालीलाई स्याङ्जाबाट धनुषा विष्णुप्रसाद रेग्मीलाई रुपन्देहीबाट सर्लाह जिल्ला अदालतमा सरुवा गरिएको

सर्वोच्च अदालतले उनीहरुमध्ये केहीको अवधि पुगेको, केही स्थानमा खाली रहेको कारण सरुवा गरेको केही स्थानमा इजलास तयार नभएको कारण अर्को जिल्लामा पठाएको बताएको  

सम्बन्धित समाचार