२०८३ बैशाख ३० गते , बुधबार

माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउन गठनबन्धन सहमत

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २४ गते , बुधबार
माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउन गठनबन्धन सहमत

काठमाण्डौ कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् नेपाली कांग्रेस एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन्

संविधानको धारा १६८ -बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ बजेसम्म समय दिइएको यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरुको संख्या बढेको थियो

कांग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकांक्षी थिए कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै डा. शेखर कोइरालाले प्रधानमन्त्रीसँग भेट पनि गरेका थिए तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड आफ्नो दलका आङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा देखिए

उनले गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका प्रचण्डले राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने, तर आफूहरुलाई साथ दिने सन्देश कांग्रेस नेताहरुलाई दिए

बुधबार विहान भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेतले आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति दिएको स्रोत बताउँछन्

कोशीमा कांग्रेस संसदीय दलका नेता रहेका उद्धव थापा सिटौला निकट नेता हुन् थापाले फेरि पनि मुख्यमन्त्रीको दाबी गरेका थिए तर दुईपटक मुख्यमन्त्री नियुक्त भएर असफल भइसकेकाले फेरि थापालाई अगाडि बढाउन उचित नहुनेमा सिटौला आफैं सहमत भए

शेखर काइरालाहरुको प्रस्तावअनुसार दलका नेता बाहेकलाई मुख्यमन्त्री बनाउन देउवा तयार नभएपछि माओवादी दलका नेता आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका छन् शेखर निकट एक नेता भन्छन्, ‘त्यसो नगरौं, भोलि दुर्घटना हुन्छ भनेर हामीले भनिरहेका छौं तर सभापति सहितका नेताहरु माओवादीलाई दिन तयार हुनुहुन्छ

कोशीको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको पनि दाबी थियो एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र राई आफैं अवसर आए मुख्यमन्त्री बन्ने लाइनमा थिए

मेचीमहाकाली अभियान अन्तर्गत एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरु राजधानी बाहिर भए पनि कोशीको सरकारबारे छलफल गर्न उपाध्यक्ष राजेन्द्र पाण्डे काठमाण्डौ आएका थिए तर कांग्रेस नेताहरु आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमत देखिएपछि एकीकृत समाजवादीले पनि दाबी छाडेको

इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने बचन दिएरै एमाले नेतृत्वको सरकारबाट फिर्ता बोलाएका थियौं त्यसैले पनि हामीले उहाँलाई नै समर्थन गर्ने हो, पूर्व मुख्यमन्त्री राई भन्छन्

गठबन्धनसँग मुख्यमन्त्री दाबी गर्न आवश्यक संख्या ४७ सांसद भएकाले आङ्बो कोशीको मुख्यमन्त्री बन्ने लगभग पक्का भएको तर कांग्रेसभित्रै इतर समूहका नेता डा. शेखर कोइरालाको असन्तुष्टि भएकाले गठबन्धनले आधिकारिक निर्णय गर्न सकेको छैन

प्रदेशसभामा २९ सांसद रहेको कांग्रेसमा शेखरले आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान छोडेका छैनन् सभापति देउवाले कोइराला पक्षलाई पनि मनाएर निर्णय लिने बताएका छन्

कांग्रेसका एक नेता भने पार्टी नेतृत्वले निर्णय लिइसकेकाले पार्टी एक ढिक्का भएर उभिने बताउँछन् अहिले कोशीमा सरकार बनाउन संविधानले फ्लोरक्रस गर्न पनि छुट दिएको तर त्यसो भन्दैमा पार्टी नेतृत्वको निर्णयविरुद्ध संसदीय दलका नेता भन्दा बाहिर गएर निर्णय हुन्छ भन्ने लाग्दैन ती नेता भन्छन्, ‘दाबी रहनु स्वभाविक हो तर हामी एक ढिक्का भएर उभिन्छौं

सम्बन्धित समाचार