२०८३ बैशाख १९ गते , शनिबार

‘कालोमोसो दस्ता’ घोषणा गरेका दुर्गा प्रसाईलाई नै कालोमोसो

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २२ गते , सोमबार
‘कालोमोसो दस्ता’ घोषणा गरेका दुर्गा प्रसाईलाई नै कालोमोसो

काठमाण्डौ झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईलाई कालोमोसो दलिएको उनलाई एउटा समूहले आज कान्तिपथस्थित होटल यल्लो पगोडामा कालोमोसो दलेको बताइएको

राजनीतिक रुपमा उग्र विचार राख्दै आएका उनले एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका कर्जा चुक्ता नगर्न सर्वसाधारणलाई उक्साउँदै आएका छन्

माओवादी छाडेर गत आमनिर्वाचन अघि एमाले प्रवेश गरेका प्रसाई एमाले अध्यक्ष केपी शर्मा ओलीका अन्धभक्त थिए ओलीलाई हजुरबा भनेर सम्बोधन गर्थे चुनावमा टिकट नपाएपछि उनी एमाले छाडेर राजावादी आन्दोलनमा सहभागी भएका हुन् झापा क्षेत्र नम्बर बाट निर्वाचन लड्ने तयारी गरेका प्रसाई पछि झापा का लागि पूर्वाधार तयार गर्दै थिए तर, एमाले अध्यक्ष ओलीले झापा मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग तालमेल गर्ने भएपछि प्रसाईले टिकट पाएका थिएनन्

विगतमा एमाले अध्यक्ष ओली माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित निवासमा जुम्लाको मार्सी चामलको भात खुवाएपछि उनी मार्सी नामले पनि प्रख्यात छन्

मार्सी उपनामले प्रख्यात विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्नेहरु एमाले कार्यकर्ता भएको बताएका छन्

आज दिउँसो उनलाई एउटा समूहले कान्तिपथस्थित होटल यल्लो पगोडामा मोसो दलेको थियो प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको दावी गरेका हुन्

आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले दुव्र्यवहार गरेको उनको भनाइ देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंगपानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनले बताए

राजनीतिक रुपमा उग्र विचार राख्दै आएका प्रसाईले एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका कर्जा चुक्ता नगर्न सर्वसाधारणलाई उक्साउँदै आएका छन् उनी आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेरकालोमोसो दस्ता घोषणा गरेका थिए

 

सम्बन्धित समाचार