२०८३ बैशाख १९ गते , शनिबार

इजरायलमा ज्यान गुमाएका नेपालीको परिवारलाई १० लाख राहत, मंगलबार राष्ट्रिय शोकको घोषणा

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २२ गते , सोमबार
इजरायलमा ज्यान गुमाएका नेपालीको परिवारलाई १० लाख राहत, मंगलबार राष्ट्रिय शोकको घोषणा

काठमाण्डौ मन्त्रिपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने निर्णय गरेको

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार बसेको बैठकले आतंकवादी आक्रमणमा परी १० जना नेपाली युवाहरुको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको

साथै बैठकले परिवारजनमा समवेदना प्रकट गरेको बैठकले मृतकको परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०१० लाख रुपैयाँ दिने निर्णय गरेको यसैगरी बैठकले निधन भएका नेपाली नागरिकको सम्मानमा भोली राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको

मृतकको शव तथा त्यहाँ फसेका नेपालीहरुलाई यथाशक्य नेपाल ल्याउन नेपाल सरकार इजरायल सरकारवीच कूटनीतिक पहल भइरहेको जानकारी दिँदै परराष्ट्रमन्त्री एनपी साउदले नेपाल एयर लाइन्स हिमालय एयर लाइन्सका जहाजहरु तयारी आवस्थामा राखिएको बताए

नेपालीको उद्धार गर्न सरकारको तर्फवाट कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै मन्त्री साउदले प्रधानमन्त्री प्रचण्ड आफूले फसेका युवाहरुसंग प्रत्यक्ष कुरा गरेर वस्तुस्थितिवारे जानकारी लिएको बताए

सम्बन्धित समाचार