२०८३ बैशाख १९ गते , शनिबार
चिल्ड्रेन पार्कको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु
बिर्तामोड । गौरादह नगरपालिका-२ स्थित चिल्ड्रेन पार्कको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह-१ का अन्दाजी १४ वर्षीय सत्यम राई रहेको प्रहरीले जनाएको छ ।
पाँचजना साथीसँग खेल्ने क्रममा सत्यम पोखरीमा डुबेको प्रहरीले जनाएको छ । सोमबार बिहान ८:३० बजेको समयमा गौरादह नगरपालिका-१ का बिजेन्द्र राईका छोरा सत्यम राई मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयले बिहान ८:४० बजे इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएपछि प्रहरी टोली खटिएको थियो ।