इलाम-झापा मैत्री समाजद्वारा रक्तदान आयोजना
बिर्तामोड । इलाम-झापा मैत्री समाज बिर्तामोड नगर समितिले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । विभिन्न संघ संस्थासँगको सहकार्यमा समाजले बिर्तामोडको पुरानो ट्राफिक प्रहरी कार्यालय परिसरमा कार्यक्रम आयोजना गरेको हो ।
डेंगुलगायत रोगका कारण झापाका अस्पतालहरुमा रगतको चरम अभाव भइरहेकाले रक्तदान आयोजना गरिएको समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा रोङ विद्यार्थी एकता समिती, मनकामना कलेज, ट्रष्ट टीम नेपाल, एसिया लिंक ओरेन्टेसन सेन्टर, पशुपती युवा समूह, सिद्धिविनायक भजन किर्तन मण्डली, मनकामना साहित्यिक परिवार, गोमेन्द्र कलेजलगायतबाट सहभागीहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा ६४ पिण्ट रगत संकलन भएको इलाम झापा मैत्री समाज बिर्तामोड नगर समिति अध्यक्ष अन्जु लामिछानेले जानकारी दिइन ।