२०८३ बैशाख १९ गते , शनिबार

सम्पादकीय

आजबाट तेस्रो बर्षको यात्रामा

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २१ गते , आईतबार
सम्पादकीय

ठीक दुई बर्ष अघि असोज २१ गते घटस्थापनाको शुभ अवसर पारेर हामीले हाम्रो यात्रा आरम्भ गरेका थियौँ । लोकतन्त्र, संघीयता, सुशासनआदिको पक्षमा कलम चलाउँदै हामी निरन्तर अगाडी बढिरहेका छौँ । संविधानको रक्षा, जनताको मौलिक हकको संरक्षण र मुलुकलाई अग्रगमन तर्फ लैजानका लागि हामी निरन्तर खबरदारी गरिरहने छौँ ।

प्रतिपक्षीले वाचडगको भूमिका निर्वाह गरे झैँ सँधै हाम्रो दृष्टि त्यसतर्फ परिरहने छ । सुशासन, दीगो विकास र समृद्धिका लागि हामी झक्झक्याइरहने छौँ । सबै क्षेत्र, वर्ग, सम्प्रदाय, समुदाय, भाषाभाषीका विषयवस्तुलाई सम्मानपूर्वक समान रुपमा समेट्ने प्रयास गरिरहेका छौँ । ओझेलमा परेका र पारिएका बिषयवस्तुलाई पाठकसामु पुर्याउनु हाम्रो दायित्व ठानेका छौँ ।

यो यात्रामा हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुक, विज्ञापनदाता, सहयोगीहरुलाई आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।

 

सम्बन्धित समाचार