२०८३ बैशाख १९ गते , शनिबार

एनएमसी डेरीको गाडी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १८ गते , विहीबार
एनएमसी डेरीको गाडी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

बिर्तामोड झापाको शिवसताक्षी नगरपालिका अन्तर्गत माइधारमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको भने अन्य दुई जना गम्भिर घाइते भएका छन्

दुर्घटनामा परेर झापा गाउँपालिका वडा नम्बर का २० वर्षीय भविस श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको

बिहीबार विहान साढे तीन बजे पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश ०१०१६ ४२८८ नम्बरको स्कुटर पश्चिम तर्फ जाँदै गरेको एनएमसी डेरीको मे ५८६८ गाडी एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो

दुर्घटनामा परेर स्कुटर चालक श्रेष्ठसहित अन्य सवार झापा का निशान शिवाकोटी झापा का सुसान थापा गम्भिर घाइते भएका थिए उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल ल्याइएकोमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको । घाइते अन्य दुवैजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको

दुर्घटनामा संलग्न दुवै सवारी साधन गाडी चालक मेचीनगर का २९ बर्षीय सुरेश बानिँया प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार