२०८३ बैशाख १९ गते , शनिबार

कर्मयोग भवनको जग्गा खरिदका लागि सहयोग आह्वान, बस्नेतले दिए अढाई लाख

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १७ गते , बुधबार
कर्मयोग भवनको जग्गा खरिदका लागि सहयोग आह्वान, बस्नेतले दिए अढाई लाख

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर मेघाबारी टोलमा निर्माण हुने कर्मयोग भवनका लागि बिर्तामोड निवासी समाजसेवी नन्दकुमार बस्नेतले दुई लाख ५० हजार रुपैँया सहयोग प्रदान गरेका छन् बस्नेतले स्वर्गीय श्रीमती कृष्णमाया बस्नेतको स्मृतिमा कर्मयोग भवनलाई धुर जमिन खरिद गर्न उक्त रकम सहयोग गरेका हुन्

कृष्णमायाको महिना अघि क्यानाडामा रहेका छोराबुहारी भेट्न जाने क्रममा क्यानाडाको एयरपोर्टमा मृत्यु भएको थियो

बस्नेतले मानिसले मरेर जाँदा केहि नलाने तर कृति आजीवन रहने भएकाले कर्मयोग भवनका लागि सहयोग गरेको बताए आफ्नै ठाउँमा पुण्य कर्म गर्न पाउँदा खुशी लागेको उनको भनाई

बस्नेतलाई कर्मयोग भवन निर्माणको अगुवाई गरिरहेको श्री सिद्धिविनायक भजन किर्तन मण्डलीले सम्मान गरेको बुधबार विहान श्री सिद्धिविनायक मन्दिर परिसरमा प्रसंशा पत्र खदाले बस्नेतलाई सम्मान गरिएको थियो किर्तन मण्डलीकी अध्यक्ष गीता पोखरेल, संयोजक शिवाकोटी स्थानीयबासीले बस्नेतलाई सम्मान गरेका थिए

गत फागुनमा लगाइएको पुराणबाट संकलित रकमबाट १३ धुर जग्गा बहुउद्धेश्यीय सामुदायिक भवनका लागि खरिद गरिएको बाँकि रकमबाट कर्मयोग भवन निर्माणका लागि सवा १६ धुर जमिन बैना गरिएको शिवाकोटीले बताइन् शिवाकोटीका अनुसार उक्त जग्गा पास गर्न करिब ३० लाख रुपैँया रकम अपुग भवनको भौतिक संरचना निर्माणका लागि तीनै तहका सरकारबाट सहयोग हुने भएपनि जग्गा खरीद दाताहरुकै सहयोगमा गर्नु पर्ने भएकाले जग्गा खरिदका लागि सहयोग गरिदिन दाताहरुलाई संयोजक शिवाकोटीले आग्रह गरिन्  

सम्बन्धित समाचार