२०८३ बैशाख १९ गते , शनिबार

झापाका सीमा नाकाबाट तस्करी बढ्यो, व्यापारीको संरक्षणमा लाग्छन् स्थानीय नेता

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १६ गते , मंगलबार
झापाका सीमा नाकाबाट तस्करी बढ्यो, व्यापारीको संरक्षणमा लाग्छन् स्थानीय नेता

भद्रपुर झापाको विभिन्न नाकाबाट अवैध सामाग्रीको तस्करी हुने क्रम बढेको प्रहरीले सीमा नाकामा कडाइ गरेको दाबी गरे पनि भन्सार कर्मचारी प्रहरीकै मिलेमतोमा व्यापारीले भन्सार छलेर सामान ल्याउने क्रम बढ्दै गएको हो

प्रहरीले दैनिक पठाउने रिपोर्टहरुबाट पनि सीमानाकाबाट तस्करी हुने गरेको पुष्टि हुन्छ प्रहरीले दैनिकजसो भारतबाट भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामाग्री पक्राउ गर्ने गरेको मेचीनगर क्षेत्रबाट धेरै जसो अवैध सामाग्रीको तस्करी हुने गरेको पाइएको

असोज गते भद्रपुरका व्यापारी सोनु गुप्ताको कपडा ल्याउँदै गरेको गाडी झापाको गरामनीमा सशस्त्र प्रहरी बल शनिश्चरेको प्रहरी टोलीले पक्राउ गरेपछि भद्रपुर भन्सारबाट प्रहरी भन्सार कर्मचारीको सेटिङमा भन्सार छलीको सामान भित्रिने क्रम नरोकिएको पुष्टि भएको

भन्सार छलेर कपडा लिएर आएको उक्त गाडी भद्रपुरबाट बिर्तामोड जानेक्रममा गरामनीमा पक्राउ गरेर प्रहरीले राजश्व कार्यालय इटहरीलाई बुझाएको राजश्व कार्यालय स्रोतले उक्त गाडीमा भएको सामान चेकजाँच गर्न बाँकी रहेको जनाएको स्रोतको अनुसार उक्त गाडीमा थान कपडाको बिल गरेर रेडिमेड कपडा ल्याइएको थियो

गुप्ताको सामान छुटाउन राजनीतिक दलका स्थानीय नेताले समेत राजश्व कार्यालय इटहरीमा पुगेर दबाब दिएको स्रोतको दाबी भन्सार छलेर अवैध रुपमा सामान ल्याउने व्यापारीले दलका स्थानीय नेतालाई समेत प्रभावमा पार्ने गरेका छन् नेताले ती व्यापारीसँग आर्थिक सहयोग लिने गरेका कारण उनीहरुको संरक्षण गर्ने गरेका हुन्

भारतको सिलिगुढीमा भारतीय केरियर राखेका व्यापारीले दशैं लगायत चाडपर्वको समयमा दैनिक चार सय पोकासम्म सामान भित्र्याउने गरेका छन् सिलिगुढीमा संकलन गरिएका सामान मध्ये केही सस्तो भन्सार काटेर ल्याउँछन् भने धेरै सामान लाइन मिलाएर ल्याउने गरेका छन्

झापाको विभिन्न नाकाबाट ल्याइएको लत्ता कपडा, पटका, चिनी लगायतका सामान काठमाण्डौसम्म पुग्ने गरेको पछिल्लो समय झापाको बाहुनडाँगी, तिरिङ, काँकरभिट्टा, कचनकवल, घेराबारी, भद्रपुर, लगायतका नाकाबाट भन्सार छलेर सामान ल्याउने क्रम बढेको भद्रपुरका व्यापारीले भद्रपुर भन्सारबाटै सेटिङमा सामान ल्याउने गरेको स्रोतको दाबी

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी अन्जनीकुमार पोखरेलले भारतबाट भन्सार छलेर कपडा लगायत अन्य सामान समेत तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाकामा कडाइँ गरिएको बताए उनले भने, ‘सीमावर्ती क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिइसकिएको , ड्युटीमा रहेका प्रहरीले गलत गरेको पाइए तत्काल कारबाही हुन्छ

सम्बन्धित समाचार