२०८३ बैशाख १९ गते , शनिबार
चार लाखको अवैध कस्मेटिक पक्राउ
बिर्तामोड । भन्सार छली गरि ल्याउँदै गरेको कस्मेटिक प्रहरीले पक्राउ गरेको छ । सोमबार राती ८ बजे मेचीनगर नगरपालिका वडा नं. १५ बिचार्ने चोकबाट उक्त सामान पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको ४ लाख पाँच हजार सत्ताइस रुपैयाँ बराबरको विभिन्न किसिमको कस्मेटिक सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काकँरभिट्टा झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।