२०८३ बैशाख १९ गते , शनिबार

दमक ग्याङ फाइट प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १६ गते , मंगलबार
दमक ग्याङ फाइट प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जना पक्राउ

दमक तीन दिनअघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको

दमक स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलाम चुलाचुली गाउँपालिका का ३८ बर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक का २२ बर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको हो

इलाका प्रहरी कार्यालय दमकमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरि मुख्य आरोपी राईसहित दमक का २२ बर्षीय आनन्द भुजेल, दमक कै १८ बर्षीय सवास आलम, दमक कुमाल चौंकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक का २५ बर्षीय नामुद थेवे, २२ बर्षीय राजकुमार भुजेल, २६ बर्षीय आकाश केरुङ, दमक का २३ बर्षीय राहुल श्रेष्ठ, २८ बर्षीय सलमान लिम्बू, इलाम चुलाचुली का ३१ बर्षीय सन्दिप राई, सोहि पालिका का ३८ बर्षीय सूर्य केरुङ, ३८ बर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए उनले घटनाकै दिन होटल सञ्चालक कुमालसहित जना आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लावारी टप्पु टोलबाट नियन्त्रणमा लिईएको जानकारी दिए

उनका अनुसार तीन दिनअघि दमक स्थित कुमाल चौंकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा मुख्य आरोपी राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए हत्यालगत्तै उनी फरार भएका थिए उनले नै लिम्बूमाथि छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी रिजालले बताए

सम्बन्धित समाचार