२०८३ बैशाख १९ गते , शनिबार

इलाम झापा मैत्री समाजले रक्तदान आयोजना गर्ने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १५ गते , सोमबार
इलाम झापा मैत्री समाजले रक्तदान आयोजना गर्ने

बिर्तामोड इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिले असोज २२ गते सोमबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको समाजले डेंगु लगायतका कारण अस्पतालहरुमा रगतको अभाव भएको भन्दै रक्तदान आयोजना गर्न लागेको हो

मैत्री समाजले अन्य इच्छुक संघसंस्थाहरु सँग समन्वय गरी रक्तदान कार्यक्रम आयोजना गर्न लागेको इलाम झापा मैत्री समाज बिर्तामोड नगर कमिटिका सचिव मिलन कोइरालाले जानकारी दिए अस्पतालमा भएको रगत अभावलाई केहि हदसम्म भएपनि परिपूर्ती गर्न कार्यक्रम आयोजना गर्न लागिएको भन्दै समाजकी नगर अध्यक्ष अञ्जु लामिछानेले सहकार्यका लागि अन्य संघसंस्थाहरुलाई आग्रह गरिन्

रक्तदान मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरमा विहान बजेदेखि राखिएको संस्थाले जनाएको

समाजले नजिकिँदो चाडपर्वको अवसरमा असोज २८ गते आइतबार घटस्थापनाका दिन इलामबाट झापा आएर स्थायी/अस्थायी बसोबास गर्ने महानुभावहरुको उपस्थितीमा शुभकामना आदान प्रदान कार्यक्रमसमेत आयोजना गर्न लागेको जिल्ला अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन्

सम्बन्धित समाचार