२०८३ बैशाख १९ गते , शनिबार

दमकको धुलाम्मे सडक मर्मत नगरे पसलहरुले नगरपालिकामा चाबी बुझाउने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १५ गते , सोमबार
दमकको धुलाम्मे सडक मर्मत नगरे पसलहरुले नगरपालिकामा चाबी बुझाउने

दमक दमकस्थित मुख्य बजार क्षेत्रमा ढल बनाउँदा भत्काईएको सडक बर्ष दिन बित्दा समेत नबनाएका कारण ब्यवसायी उपभोक्ता मारमा परेको बताउदै सडक मर्मतसम्भारका लागि नगरपालिकाको ध्यानाकर्षण गराइएको नेपाल उद्योग तथा ब्यवसायी महासंघ दमक नगर कमिटिले काम तत्कालै नभए नगरपालिकालाई ब्यवसायीले चाबी बुझाउने अवस्था आउने भन्दै नगर प्रमुख रामकुमार थापाको ध्यानकर्षण गराएको हो

चाडपर्वको समयमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियन्त्रणका लागि पुराना बिग्रेका सिसि क्यामेरा मर्मत थप नयाँ जडान गर्न, दमकको नमुना बजारको ब्यवस्थापनमा चासो दिएर तत्कालै काम गर्न समेत ध्यानर्षण गराएको हो सोमबार महासंघका प्रदेश कमिटी सदस्य बिमल खतिवडा, नगर अध्यक्ष रमेश लुइटेलसहितको टोलीले सडक मर्मत सम्भार नभए पीडित ब्यापारीले पसलको चाबी नगरपालिकालाई बुझाउनु पर्ने अवस्था आउने चेतावनी दिएको

पशुहाटदेखि फाल्गुनन्द चोक हुँदै हिमावि स्कूलसम्मको सडक भत्काएर तत्कालै बनाउने भनिए पनि लामो समयसम्म नबन्दा ब्यवसायीहरु यसबाट धेरै नै पीडित बनेको महासंघका प्रदेश सदस्य बिमल खतिवडाले बताए उनले यसका लागि नगरपालिकाले पहल गरेर ब्यवसायीहरुको पीरमार्का बुझ्न आग्रह गरे

महासंघका नगर कमिटी अध्यक्ष रमेश लुइटेलले नमुना बजारको ब्यवस्थापनका लागि यसभन्दा अघि पनि वडा नं.  को ध्यानकर्षण गराएको बताउदै यसको ब्यवस्थापनका लागि आग्रह गरेकाछन् उनले यो दमकको पहिचानको रुपमा रहेकाले यसको ब्यवस्थापन तत्काल गर्न माग गरे

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सडक मर्मत सम्भार निर्माणको काम तत्कालै शुरु गराउने यसका लागि आफुले बारम्बार पहल गरेको जानकारी दिए यो बिषय अहिले बजार निस्कनसाथ सबैले भन्ने गरेको स्मरण गर्दै उनले आजैबाट यसको काम शुरुवात गरिने पनि बताए आज देखि नै काम शुरु गर्न भनेका छौ सायद काम शुरु भइसक्यो होला, उनले भने

सम्बन्धित समाचार