बिर्तामोडको मेघाबारीबाट चोरी गरि लैजादै गरेको मोटरसाइकल र चोरीमा संलग्न पक्राउ
बिर्तामोड । बिर्तामोड-४ मेघाबारी टोलबाट हराएको मोटरसाइकल र चोरीमा संलग्न दुई जना पक्राउ परेका छन ।मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा बिहान साढे सात बजे भद्रपुर नगरपालिका-४ तारानगरबाट प्रहरीले मोसासहित दुई जनालाई पक्राउ गरेको हो ।
ईलाम देउमाई नगरपालिका-३ बस्ने ताराकुमार राईका छोरा २० बर्षीय निश्चल राईको बिर्तामोड-४ मेघावारी टोलस्थित डेराबाट मे ११ प ४३०७ नं.को सेतो कालो रङको एफजेड मोटरसाइकल आज बिहान ४ बजेतिर हराएको थियो ।
प्रहरी चौकी महेशपुरको टोलीले मोटरसाइकल डोर्याउँदै लैजादै गरेको अबस्थामा फेला पारी शंका लागेर उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसन्धानको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा पठाएको थियो ।
पक्राउ परेका साविक चकचकी-८, हाल बाह्रदशी गाउँपालिका-२ बस्ने ३५ बर्षीय जफिर आलम र भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासा बस्ने २९ बर्षीय मोहम्मद जुबेरलाई अनुसन्धानको क्रममा उक्त मोटरसाइकल आज बिहान ४ बजेतिर बिर्तामोड ४ मेघावारीबाट चोरी गरी लगेको खुलेको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न र मोटरसाइकल इप्रका बिर्तामोड ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड-४ स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको कार्यालय अगाडिबाट मोटरसाइकल चोरी भएको छ । हिजो बिहान १०:३० बजे कार्यालय अगाडिको पार्किङस्थलबाट मे ०१-०१४ प ८५४८ नम्बरको मोटरसाइकल चोरी भएको हो । कालो भेस्ट र जिन्स पाइन्ट लगाएका युवकले शिखर साकोसका कर्मचारी भानु आचार्यको मोटरसाइकल चोरी गरेको कार्यालयको सिसिटिभी फुटेजमा कैद भएको छ ।