२०८३ बैशाख १९ गते , शनिबार

अभिनेता अनमोल केसी रिहा

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १५ गते , सोमबार
अभिनेता अनमोल केसी रिहा

काठमाण्डौ अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको

जिल्ला अदालतले दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए

रिहा भएपछि अनमोल केसी घरबाट मगाएको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन्

फिल्मरावायणको आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनिरावायण फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए

 

सम्बन्धित समाचार