२०८३ बैशाख १९ गते , शनिबार

मेघाबारी टोलमा योग शिविर शुरु

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १४ गते , आईतबार
मेघाबारी टोलमा योग शिविर शुरु

बिर्तामोड समुदायको स्वास्थ्यलाई मध्यनजर गर्दै झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित मेघाबारी टोलमा योग शिविर शुरु भएको टोल विकास संस्थाको आयोजनामा आइतबारदेखि शिविर शुरु भएको हो

समुन्नत समाज निर्माणका लागि स्वस्थ नागरिकको परिकल्पना गर्दै योग शिविर सञ्चालन गरिएको टोल विकास संस्थाका अध्यक्ष भक्ति पाठकले जानकारी दिए पहिलो दिनको औपचारिक उद्घाटन कार्यक्रम श्री सिद्धिविनायक गणेश पाञ्चायन मन्दिरमा गरिएको आजको योग अभ्याससमेत मन्दिरमा नै गरिएको टोल विकास संस्थाका सहसचिव दिनेश अधिकारीले बताए

सोमबारदेखि नियमित कक्षा मेघाबारी टोल विकास रोड नम्बर स्थित अदुवा पुलसँगै रहेको नेवाः पासा मुना पुचःको सामुदायिक भवनमा सञ्चालन हुने उनले जानकारी दिए संस्थाले सामुदायको लागि सामान्य पानी बिद्युत महशुल तिर्ने गरी भवन उपलब्ध गराएको उक्त हलमा करिब सय जनाले एकै पटक योग गर्न मिल्ने संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजकी प्रशिक्षक अनिता रेग्मीले प्रशिक्षण दिने संस्थाले जनाएको उद्घाटनका दिन दुई दर्जन बढीको सहभागिता रहेको थियो योग कक्षामा सहभागि हुन चाहनेहरुले आफ्नो लागि आवश्यक म्याट लिएर विहान साढे बजे आउन सकिने टोल विकास संस्थाले जनाएको   

सम्बन्धित समाचार