२०८३ बैशाख १९ गते , शनिबार

कार्तिकदेखि अभिकर्ताको परीक्षा बीमा प्राधिकरणले लिने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १४ गते , आईतबार
कार्तिकदेखि अभिकर्ताको परीक्षा बीमा प्राधिकरणले लिने

बिर्तामोड नेपाल बीमा प्राधिकरणले आउँदो कार्तिकदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उतीर्ण हुनुपर्ने प्रावधान अनुसार प्राधिकरणले अभिकर्ताको परीक्षा संचालन गर्ने जनाएको हो

नेपाल बीमा प्राधिकरणले गत मंसिरदेखि बीमा ऐन अनुसार परीक्षा प्रणालीको शुरुवात गरेको थियो शुरुवाती चरणमा बीमा कम्पनीहरु आफैले परीक्षा लिन पाउने व्यवस्था गरिएको थियो आउँदो महिनादेखि प्राधिकरणले अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्नका लागि सफ्टवेयर बनाएर आफैले परीक्षा लिने व्यवस्था गरेको हो

गत मंसिर गते बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ जारी गरेको थियो सोही निर्देशिका अनुसार बीमा कम्पनीहरु आफैले अभिकर्ताहरुलाई परीक्षामा सहभागी गराएर लाइसेन्स दिइरहेका थिए

अब प्राधिकरणले नै अभिकर्ताको लागि कार्तिकबाट परीक्षा सञ्चालन गर्ने भएकाले यही असोज २५ गतेदेखि प्राधिकरणको बीमा सूचना प्रणाली (आइआरएमआइएस) मार्फत् अभिकर्ता दर्ता प्रकृया बन्द हुने भएको साथै बीमा अभिकर्ता परीक्षाको लागि आइआरएमआइएस सिस्टममा दर्ता प्रकृया असोज २९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको

बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन २०७९ दफा ९२ को उपदफा (२) को व्यवस्था बमोजिम सञ्चालन गरिने बीमा मध्यस्थकर्ता (अभिकर्ता) को परीक्षालाई व्यवस्थित, गुणस्तरीय नियमित बनाउन परीक्षा सम्बन्धी व्यवस्था गरेको हो

सम्बन्धित समाचार