२०८३ बैशाख १९ गते , शनिबार

कोरियन एयरलाई नेपाल उडानमा प्रतिबन्ध लगाउने तयारी

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ७ गते , आईतबार
कोरियन एयरलाई नेपाल उडानमा प्रतिबन्ध लगाउने तयारी

काठमाण्डौ । नेपाल उड्डायन प्राधिकरणले  कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले कोरियामा नियमित उडानको लागि प्रक्रिया थालेको महिनौ बितिसक्दा पनि विभिन्न बाहाना गरेर ढिलासुस्ती गरेको कारण कोरियन उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको प्राधिकरणले जनाएको छ ।

कोरियन नागरिक उड्डयान निकायले अनेक बहानाबाजी गरेर बर्षौसम्म निगमको जहाजका लागि उडान अनुमति नदिएको कारण प्रतिबन्ध लगाउने तयारी गरेको बताउँदै प्राधिकरणका एक कर्मचारिले भने, ‘हाम्रो देशको जहाज कोरिया उडानको लागि महिनौ अघिदेखि तयारी अवस्थामा छ । पटकपटक यसबारे कुरा गर्दा पनि अझै निगमको उडानको तालिकाको निश्चितता नगरेपछी हामिले यो निर्णय लिन बाध्य भएका हौ ।उनले थपे, ‘उनीहरूको एकलौटी मनोमानी मात्र चल्दैन् । हाम्रो निगमलाई उडान अनुमती दिनुर्पयो ।

समर तालिकाको टिकट बिक्रि गरिसकेको हुनाले केही आजभोली बाट नै उडान बन्द गर्न नसकिने जनाउँदै प्राधिकरणले विन्टरको टिकट बिक्रि नगर्न कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभललाई पत्र पठाइसकेको जनाएको छ ।

सम्बन्धित समाचार