२०८३ बैशाख १९ गते , शनिबार

सदरमुकाम गमगढीमा आगलागी, ६ घरमा पूर्ण क्षति

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ६ गते , शनिबार
सदरमुकाम गमगढीमा आगलागी, ६ घरमा पूर्ण क्षति

बिर्तामोड । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।

शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएको उनले बताए । डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

आगलागीबाट कुनै मानवीय क्षति नभएपनि ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको डीएसपी थापाले बताए ।

जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । तर, क्षतिको पूर्ण विवरण भने आइनसकेको डीएसपी थापाको भनाइ छ ।

तस्बिर सौजन्य : कविराज कार्की

सम्बन्धित समाचार