नारी सञ्चार प्रोत्साहन अक्षयकोषलाई रिजालले दिइन् ५,५५५
बिर्तामोड । झापाली महिला पत्रकारहरुको छाता संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सामाजिक व्यक्तित्व शारदा रिजालले नगद सहयोग गरेकीछन् ।
बिर्तामोड-१ निवासी सामाजिक अभियान्ता तथा राजनीतिक व्यक्तित्व रिजालले नारी सञ्चार गृहले स्थापना गरेको उक्त कोष वृद्धिका लागि रकम सहयोग गरेकीहुन्। रिजालले गृहको टिमलाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ हस्तान्तरण गरिन्।
२०६९ सालमा स्थापित नारी सञ्चार गृहले २०७५ सालमा महिला पत्रकारको क्षमता अभिबृद्धि, संस्थाको दीगोपना र विभिन्न क्षेत्रमा केही गरौं भनेर उत्साहित महिलालाई प्रोत्साहन गर्ने बहुउद्देश्यीय लक्ष्य राखेर अक्षयकोष स्थापना गरेको हो । ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर शुरु गरिएको कोषमा हाल ३६ लाख रुपैयाँ संकलन भएको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।