२०८३ बैशाख १९ गते , शनिबार

असल चालकलाई सम्मान गर्दै सकियो दुर्घटना न्यूनीकरण महाअभियान

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २ गते , मंगलबार
असल चालकलाई सम्मान गर्दै सकियो दुर्घटना न्यूनीकरण महाअभियान

बिर्तामोड । आठौं दुर्घटना न्यूनीकरण महाअभियान २०८० सम्पन्न भएको छ । आज मङ्लबार बिर्तामोडस्थित नयाँ बसपार्कमा लामो समय दुर्घटना रहित सवारी चलाएका चालकहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा २५ बर्षदेखि  दुर्घटना रहित सवारी चलाएको भन्दै चालक तेजप्रकाश न्यौपानेलाई सम्मान समेत गरिएको थियो । त्यस्तै बिगत १५ बर्षदेखि दुर्घटना रहित सवारी चलाएको भन्दै चालक न्यौपाने सहित लोक बहादुर लिम्बू, सन्तोष मान दर्जी र सुरेश खतिवडा लाई दोसल्ला ओढाएर सम्मापत्रद्वारा सम्मान गरिएको थियो । 
उनीहरुलाई कार्यक्रमका प्रमुख इप्रका अनारमनीका डीएसपी सुरज कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नबराज न्यौपाने, बिरता जेसीजका अध्यक्ष घनश्याम चौधरी, महाअभियानका परिकल्पनाकार मदन गोपाल सुब्बा लगायतले उनीहरुलाई सम्मान गरेका हुन् । 
वीरता जेसिजको बार्षिक कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरण महा अभियान कार्यक्रम गरिएको अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए । 
कार्यक्रममा जेसीजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक  सुमन पोद्दारले स्वागत, बिज्ञानराज पौडेलले  आस्था तथा वीरता जुनियर अध्यक्ष  जेसी अनिक चौधरीले मिसन तथा थिम वाचन गरेका थिए । 
कार्यक्रममा प्रमुख अतिथि कार्की,  महाअभियानका  परिकल्पनाकार सुब्बा , ट्राफिक प्रमुख न्यौपाने लगायतले शुभकामना मनतब्य राख्दै दुर्घटना रोक्न प्रहरीले मात्र नसक्ने भन्दै सबैको साथ र सहयोगको खाँचो रहेको औंल्याएका थिए । कार्यक्रमको सञ्चालन जेसीजका  कानुनी सल्लाहकार एल सी श्रेष्ठले गरेका थिए । कार्यक्रममा बिभिन्न सवारीमा जनहितमा जारी सन्देश उल्लेख भएका स्टिकर समेत टांसिएको थियो ।
वीरता जेसिजको आयोजना तथा इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा कार्यक्रम गरिएको हो ।

सम्बन्धित समाचार